एमालेमा गम्भिर आत्मसमिक्षा गरेर अगाडि वढ्नु पर्छ : पाण्डे

 

काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामपछि एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संगठनात्मक संरचना, कार्यशैली र नेतृत्व अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको बताएका छन्।

निर्वाचन परिणामबारे प्रतिक्रिया जनाउँदै उनले यसको दोष कसैलाई थोपरेर उम्किने ठाउँ नभएको बताएका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले लेखेका छन्, ुनिर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। जनताले दिएको सन्देश स्पष्ट छ—अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।

उनले पार्टीका कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै जनविश्वास गुम्नुका कारणलाई इमानदारीपूर्वक स्वीकार गर्नुपर्ने बताएका छन्। ुजनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ। आफ्ना गल्तीहरू सच्याउने साहस, नेतृत्वको शैलीमा परिवर्तन र कार्यपद्धतिमा सुधार गर्न सके हामीले फेरि जनताको भरोसा जित्न सक्छौं, उनले भनेका छन्।

यसैबीच पाण्डेले निर्वाचनमा उत्कृष्ट नतिजा हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र विजयी उम्मेदवारहरूलाई बधाई पनि दिएका छन्।

शेयर गरौ

ताजा अपडेट