घर बनाउदा मापदण्ड पुरा गर्न पर्छ : मेयर नारायण वन

रत्ननगर, ३० फागुन :

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले घर निर्माण गर्दा भवन निर्माण आचारसंहिताले तोकेको मापदण्ड पुरा गर्नुपर्ने बताएका छन ।

रत्ननगरमा आयोजना गरिएको सामुदायिक विपद् प्रतिकार्य तालिमको समापन कार्यक्रममा उनले सरकारले नागरिकको सुरक्षाको लागि भवन निर्माण आचारसंहिता लागु गरेको भन्दै मापदण्ड पुरा गरी घर बनाउनु पर्ने बताए । कमजोर घर बनाएर नक्सा पास गर्न भनसुन गर्ने प्रबृत्तिको विकास भइरहेको भन्दै उनले बजबुत घर बनाउनु आफ्नै सुरक्षाको लागि भएको बताए ।

घर कमजोर भयो भने भूकम्पले हामीलाई खान्छ उनले भने आफ्नो र परिवारको आचारसंहिताले तोकेको मापदण्ड पुरा गरी घर बनाउनु आवश्यक छ । राम्रो सामाग्री हालेर घर बनाउदा धेरै पैसा खर्च हुनु स्वाभाविक रहेको भन्दै उनले घर मजबुत भयो भने विपद् आउदा जोखिक कम हुन्छ ।

मेयर वनले प्रक्रिया पुरा गरेर मात्र घर तथा भवन निर्माण गर्न नगरवासीलाई आग्रह गरेका छन ।

ताजा अपडेट