निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शनिबारसम्म मुलुकभर मौसम सामान्यतया सफा रहनेछ। मंगलबार मुलुकका केही पहाडी भू(भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका केही स्थानहरूमा छिटपुट वर्षाको सम्भावना रहेको छ । तर, यी क्षेत्रका सबै भू(भागमा वर्षा हुने अवस्था नरहेको उनले बताए। मंगलबारको तुलनामा बुधबारको मौसम केही खुल्ने अनुमान गरिएको छ। बुधबार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागे पनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको मौसमविद् पौडेलको भनाइ छ ।

उनले गर्मीयाम सुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिन सक्ने भए पनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताए। पौडेलले भने, ुशनिबारसम्मको मौसम सामान्यतः सफा नै छ। आज पहाडी भू(भागमा केही बादल लागेको छ। त्यही पनि वर्षा भएको छैन। यद्यपि, ताप्लेजुङ, संखुवासभा, गण्डकी प्रदेशका कास्कीलगायत एक(दुई स्थानमा छिटपुट वर्षा हुनसक्ने देखिन्छ।ु

उनले थपे, ुआजको मौसम यस्तै छ। आजभन्दा भोलि मौसम केही खुल्ने देखिन्छ। यद्यपि, भोलि पनि मुलुकका केही पहाडी क्षेत्रमा बादल लाग्ने देखिन्छ। त्यसबाट तर्सिनुपर्ने केही पनि छैन। पर्सिको मौसम झन् सफा नै छ। उनका अनुसार, अबको विस्तारै गर्मीयाम सुरु हुन थालेकाले दिउँसो तात्दै जाने र बेलुकातिर पहाडी क्षेत्रमा बादल देखिनुका साथै छिटपुट वर्षा हुने समय आउने हो, तर यस हप्ताभरि त्यस्तो खालको मौसम छैन।

तर, बिहीबार र शनिबारको हकमा गण्डकी, बागमती र कोशी प्रदेशका एक(दुई स्थानमा हल्का बादलहरू देखिन सक्छन्। मौसमी गतिविधि कुनै असर नगर्ने भन्दै पौडेलले आगामी निर्वाचन प्रक्रियामा मौसमको कुनै ठूलो प्रभाव नपर्ने बताए ।

शेयर गरौ

ताजा अपडेट