निर्वाचन बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सर्वोच्च अदालत खुला रहने भएको छ ।
विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ निरन्तरता पाउन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइ गरिने सर्वोच्च अदालतले जनाएको छ । अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

शेयर गरौ

ताजा अपडेट