चितवन ।
प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारीहरुले आज सामग्री वुझेर मतदान केन्द्रमा जान थालेका छन् ।
चितवनको तीन वटै निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न मतदान स्थल तथा केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन कार्यालयमा आवश्यक सामग्री वुझ्ने काम भइराखेको छ । निर्वाचनमा खटिने कर्मचारीले ५१ प्रकारका सामग्री वुझेर आफ्नो स्थनमा आजै जाने जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभयो ।

जिल्लाको सदरमुकामबाट टाढा मतदान स्थलमा खटिएका कर्मचारीले आज साँझसम्म त्यस स्थानमा पुगेर आवश्यक तयारी गर्नेछन् । सदरमुकामबाट नजिक रहेका कर्मचारीहरु ले साँझसम्म सामग्री वुझेर लैजाने र सोही स्थानमा वस्ने निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो ।
कर्मचारीले मत पेटिएका वाकस, मसी, प्याड, मतपत्र, स्केल, कलमलगायतका सामग्री वुझेर लैजानेछन् । मतदान स्थलमा सुरक्षाकर्मी खटि सकेको छ । मतदान स्थलमा पुगेपछि त्यहाँ मतदातालाई मतदान गर्नको लागि स्थलको व्यवस्थापन तथा निर्माण कार्य गर्ने निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो ।



