चितवन समाचारडटकम, ३० फागुन ।
भरतपुर बिमानस्थलमा यात्रुको सामाग्री(लगेज) लाई सुरक्षा जाँच गर्न नयाँ लगेज एक्सरे मेशिन ल्याइएको छ ।
नागरिक उड्यान प्राधिकरणले ९० लाख रुपैयाँमा खरिद गरी मेशिन भरतपुर बिमानस्थल पठाएको बिमाानस्थलका सुचना अधिकारी दीपक बिश्वकर्माले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
मेशिनले यात्रुले लिएर आएका लगेजका सामाग्रीहरुलाई जाँच गर्छ । हवाई यात्रामा प्रतिवन्धित तथा अवैद्य बस्तुहरु मेशिनले पहिचान गर्ने सुचना अधिकारी विश्वकर्मा जानकारी दिनुभयो ।
‘हातले चेकजाँच गर्दा भन्दा मेशिनले जाँच गर्दा प्रभावकारी, चुस्त र आगन्तुकको नजरमा पनि अझ बढी शोभनीय देखिनेछ , यस्ले बिमानस्थलको सुरक्षा र शोभा दुवै बढाउँछ ।’ उहाँले भन्नुभयो । विमानस्थलमा एक्सरे मेशिन नहुदा सुरक्षा कर्मचारीले आपंmै सामान चेकजाँच गर्दै आएका थिए ।
भरतपुर बिमानस्थलका प्रमुख पवनकुमार गौतमले यस वर्ष भित्र विमानस्थलमा होल्डब्यागेज, अत्याधुनिक बारुण यन्त्र र मैदान सफा गर्ने ट्रयाक्टर जस्ता उपकरण ल्याउने तयारी छ । बारुण यन्त्रको लागि ३ करोड २५ लाख खर्च गरी प्राधिकरणले ल्याउने तयारी गरेको गौतमले जानकारी दिनु भयो ।