कालिका मेडिकल कलेजकी छात्रा दिया सीटीइभीटी बोर्ड परीक्षामा नेपाल प्रथम

गैडाकोट ।  स्वास्थ्य संकाय अन्तर्गत कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिट्युटबाट प्रविणता प्रमाणपत्र तह नर्सिङ अध्ययनरत छात्रा दिया तामाङले हालै सम्पन्न CTEVT बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै ९२.९४% अंक प्राप्त गरी नेपालका सबै परीक्षा सहभागी शिक्षालयहरूमध्ये सर्वोत्कृष्ट (नेपाल प्रथम) स्थान हासिल गरेकी छिन्।

छात्रा तामाङको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई संस्थाको लागि पनि ऐतिहासिक गौरवको क्षण सावित भएको छ। उनले निरन्तर अध्ययनमा समर्पण र लगनशीलता देखाउँदै परीक्षा तयारीमा उत्कृष्ट रणनीति अपनाएकी थिइन्। यस परिणामले नर्सिङ क्षेत्रमा विद्यार्थीहरूको प्रेरणाको स्रोत मात्र नभई स्वास्थ्य सेवा क्षेत्रमा योग्य मानव स्रोत उत्पादनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिट्युटका प्रिन्सिपल ध्रुब प्रसाद काफ्लेले छात्रा तामाङको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै उहाँलाई हार्दिक बधाई दिएका छन्। साथै, प्रिन्सिपल काफ्लेले उहाँको उज्ज्वल शैक्षिक र व्यावसायिक भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।

संस्थाले पनि यस ऐतिहासिक सफलतालाई सम्मान गर्दै आफ्नो सम्पूर्ण विद्यार्थी र कर्मचारी परिवारसँग साझा गरेको छ। यस उपलब्धिले आगामी विद्यार्थीहरूलाई अझ प्रोत्साहित गर्ने र गुणस्तरीय शिक्षा तथा व्यावसायिक दक्षता हासिल गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिट्युट परिवारले दीया तामाङको सफलतालाई संस्थाको गौरवका रूपमा प्रस्तुत गर्दै भविष्यमा पनि निरन्तर उत्कृष्टताको लक्ष्य राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गरौ

ताजा अपडेट