नारायणगढ बजारमा शंकास्पद बस्तु फेला , बमको आशंका

चितवन समाचार डटकम, ३० फागुन ।

चितवनको नारायणगढबजार लायन्सचोकमा शंकास्पद बस्तु फेला परेपछि बमको आशंकामा सुरक्षा टोली खटिएको छ ।

सडक पेटीको चौतारामा सेतो प्लाष्टिकले बेरेर बाहिर पट्टी थोरै तार निकालेको पोका फेला परेको हो ।

दिउसो करिव पौने तिनबजेको समयमा मोटरसाईकलमा आएका दुईजना ब्यक्तिले शंकास्पद वस्तु आफ्नो होटल अगाडी सडकपेटीमा छाडेर गएको स्थानीय भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक युवराज तिमिल्सिनाको कमाण्डमा प्रहरी खटिएको छ ।

शंकास्पद वस्तुलाई नष्ट गर्न सेनाको बम डिस्पोजल टोली बोलाइएको प्रहरी निरिक्षक तिमिल्सीनाले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट