चितवन ।
प्रतिनिधि सभा निर्वाचनमा अति सिमान्तकृत चेपाङ समुदायबाट पाँच जनाले उमेद्वारी दिने अवसर प्राप्न गर्नु भएको छ । चितवन, धादिङ, मकवानपुर, गोरखा मुख्य वास स्थान रहेको चेपाङ समुदायबाट विभिन्न पार्टीबाट एक जना प्रत्यक्ष तर्फ र चार जना समुनापातिक उमेदवार चुनावी प्रतिष्पर्धामा सहभागी हुनु भएको छ ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले लामो समयदेखि पछाडि पारिएको चेपाङ समुदायले पछिल्लो समय अवस प्राप्त गर्न थालेको बताउनुभयो । अहिलेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट सुवराज चेपाङ प्रत्यक्ष तर्फ उमेदवार बन्नु भएको छ । संयुक्त नागरिक पार्टीको तर्फबाट सुवराज चेपाङ प्रत्यक्ष तर्फ उमेदवार वन्नु भएको हो । मकवानपुरको राक्सिराङ गाउपालिका वडा नंं ५ निवासी उहाले पछाडि पारिएको समुदायको मात्र नभएर यस क्षेत्रकै विकासको लागि आफेनो उमेदवारी भएको बताउनुभयो ।
त्यस्तै गरी नेकपा एमाले पार्टीको तर्फबाट सन्तबहादुर चेपाङ चितवनको निर्वाचन क्षेत्र नंं २ बाट समानुपातिक तर्फ उमेदवार बन्नु भएको छ । चितवनको कालिका नगरपालिका शक्तिखोर घर भएका उहाँ विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्नु भएको छ । विज्ञान विषयमा स्नातकोत्तर तह उतीर्ण गर्नु भएका सन्तबहादुरले लामो सयमपछि आफ्नो समुदायले अवसर पाएको बताउनुभयो । देश विदेशमा अध्ययन भ्रमण गरी सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्नु भएको उहाँले विजयी भए पश्चात सामाजिक विकासको काममा आफूलाई समर्पित गर्ने भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट मकवानपुरका निर्वाचन क्षेत्र २ मा समानुपातिक तर्फका उमेद्वार मङगलसिंह चेपाङ हुनुहुन्छ । राजनीतिक तथा सामाजिक कार्यक्रमा चेपाङ समुदायलाई पछाडि पारिदै आएको थियो । अहिले अवसर आएकाले आफूलाई खुसी लागेको बताउनुभयो । मकवानपुरको मनहरी गाउँपालिका–३ सिद्धकालीका ३९ वर्षीय मंगलसिंह पढ्नमा अव्वल हुनुहुन्थियो । ६ कक्षा पढ्दापढ्दै तत्कालीन माओवादी पार्टीमा लागेर युद्धमा होमिनु भएको थियो । उहा मात्र होइन, उहाका दाजु राजु चेपाङ पनि माओवादीमा नै जोडिनु भएको थियो । दुवै दाजुभाइले मुलुकमा परिवर्तन गर्नुपर्छ भन्दै बन्दुक बोक्नु भएको थियो ।
प्लाटुन कमान्डरसम्म भएर परिवर्तनका निम्ति युद्ध लडेको उहाले बताउनुभयो । जब शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन गर्ने क्रममा ५ लाख रुपियाँ लिएर स्वैच्छिक अवकाश लिनु भएको थियो । उहाँ त्यति बेला माओवादी सेनाको अस्थायी शिविर सैनामैनामा बस्नु भएको थियो ।
प्रगतीशील लोकतान्त्रिक पार्टीको तर्फबाट चितवनको निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक उमेदवार तर्फ विश्वास चेपाङ र त्यस्तै गरी निर्वाचन क्षेत्र नं. २ मा समानुपातिक तर्फकै सोमबहादुर चेपाङ उमेद्वार बन्नु भएको छ ।
चितवनको राप्ती नगरपालिका–११ स्थित विकट कोराकगाउँका ३३ वर्षीय विश्वास चेपाङले भोलि संसद्मा पुग्न पाए भने चेपाङ समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो । आफ्नो समुदायमा व्याप्त रहेको परनिर्भता हटाएर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने उहाँको भनाइ छ । अहिले पार्टीमा पनि आदिवासीकै क्षेत्रको नेतृत्व गर्न लागिरहेको बताउनुभयो । उहा अहिले एक गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ । मैले बेलायतको लिंकन विश्वविद्यालयबाट मास्टर्स इन एडभान्स डेभलपमेन्ट इन सोसोलोजीमा मास्टर्स गरेको छु उहाले भन्नुभयो काठमाडौं विश्वविद्यालयबाट डेभलभमेन्ट स्डडिजमा एमफिल गर्दै छु ।
२०७८ को जनगणना अनुसार चेपाङ समुदाय नेपाल भरीमा ८४ हजार ३ सय ६४ रहेको छ । २०७८ को चितवनमा सवैभन्दा धेरै ३५ हजार ६३७ जना रहेका छन् । चेपाङ समुदायको मुख्य वासस्थान चितवन, मकवानपुर, धादिङ र गोरखा रहेका छन् ।


