चितवन ।
निर्वाचनमा हुने चुनावी प्रचार शैली विगत भन्दा अहिले फेरिएको छ । पर्चा, पम्प्लेट, तसल व्यानर, भाषण, भित्ते लेखन लगायतको कार्य हुने गरेकोमा अहिले प्रचार शैली फेरिएर सामाजिक सञ्जाल नै प्रमुख स्थान बनेको हो ।
निर्वाचनमा आफ्ना उमेदवार तथा पार्टीलाई मतदान गर्नको लागि आकर्शित पार्न तथा आफ्नो एजेण्डा सुनाउन सामाजिक सञ्चाल का विभिन्न प्लेटफम प्रमुख माध्यम बन्न थालेको छ ।
विगतमा घर दैलो तथा भाषण गरी चुनावी प्रचार गरिएकोमा त्यो सस्कारलाई निरन्तरता दिएपनि प्रमुख प्रचार भने सामाजिक सञ्जाललाई नै आधार मान्ने गरिएको हो । फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा प्रमुख राजनीतिक तथा तथा नयाँ स्थापना भएका दल, स्वतन्त्र उमेदवार सवैको पहिलो प्रचार माध्यम भनेकै सामाजिक सञ्जाललाई लिएको छ ।
सामाजिक सञ्जालबाट जनता माझ आफ्ना विषय लैजान सजिलो हुने भएकाले यसलाई आधार बनाएको हो । नेकपा (एमाले) चितवनले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको प्रचार गर्न प्रचार डेक्स स्थापना गरी सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको जिल्ला सचिव प्रकास ढुङ्गानाले जानकारी दिनुभयो । उहाले भन्नुभयो “अहिले सामाजिक सञ्जालको प्रयोग गाउँगाउँमा छ । बालबालिकादेखि वृद्धसम्मले त्यही सामाजिक सञ्जाल फेसबुक, युटुब, टिकटकमा आएको भिडियोको आधारमा धारणा बनाउने भएकाले पार्टीले पनि प्रचारमा सामाजिक सञ्जाल प्रयोग गर्न थालेको हो । ” हामीले जिल्लामा डेक्स स्थापना गरेर नै तीन वटै क्षेत्रमा भएका गतिविधिलाई सवै माफ पु¥याउन भिडियो फोटो प्रयोग गरेका छौ । हाम्रा एजेण्डा सञ्जला मार्फत पु¥याउदै आएका छौ ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानले सवैभन्दा उपयुक्त माध्यम नै अहिले फेसबुक टिकटक भएकाले यसको प्रयोगमा जनशक्तिनै खटाएको जानकारी दिनुभयो । तीन वटै निर्वाचन क्षेत्रमा भएका गतिविधि खिच्ने र सामाजिक सञ्जालमा राख्ने काम गरेका छौ । सवै स्थानमा पुग्न कठिन हुन्छ । हामीले हाम्रा कुरा राख्न र जनताले घरबाटै हाम्रा कुरा सुन्न र हेर्न पाउने माध्यम नै फेसबुक र टिकट बनेको छ । त्यसैले यसको प्रयोग आवश्यक ठानेका छौ उपसभापति न्यौपानेले बताउनुभयो । निर्वाचन क्षेत्र नंं १, २ र ३ मा भएका गतिविधि, उमेदवारको भनाइ, पार्टीका नेताहरुको भनाइ , पार्टीको धारणा प्रतिवद्धता सवै घर दैलो संगै सञ्जालमा पनि प्रचार गरेको उहाले जानकारी दिनुभयो ।
नेपाली कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भन्नुभयो “सवैको घरमा इन्टरनेट, हातहातका मोवाइल छ । मोवाइलबाटै देशभरीका चुनावी गतिविधि जनताले हेर्नु भएको छ । त्यसैले हामीले हाम्रो प्रचार पनि सामाजिक सञ्जाललाई आधार मानेका छौ ।” सामाजिक सञ्जालमा फेसवुक, टिकटक, इन्स्ट्राग्रामको सहारा लिएका छ उहाले भन्नुभयो । पार्टीेको नेतृत्वले गरेको काम, योजना सवै विषय भिडियो मार्फत सञ्जालमा राखेका छौ । सवैले घरमा वसेर आफ्नो अनुकुल समयमा हेर्न सकिने भएकाले यसको महत्व धेरै छ संयोजक अधिकारीले भन्नुभयो । पार्टीका नेताको भूमिका सवै विषय छोटोमा जानकारी गराउनको लागि सञ्जाल उपयुक्त माध्यम वनेको उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुसालले सामाजिक सञ्जाल अहिलेको अपरिहार्य अवश्यकता भएको बताउनु हुन्छ । उहाले भन्नुभयो “ देशी भरीका गतिविधि हामीले पार्टीको फेसवुक पेज मार्फत जानकारी गराउछौ । पेजबाटै प्रत्यक्ष प्रशारण गछौ । सवैले पेज हेरेर जानकारी लिनु हुन्छ । नजिक हुनु भएकाहरु पनि कार्यक्रम स्थलमा आउन सजिलो हुन्छ । त्यसैले सञ्जाल उपयुक्त माध्यम भएको छ । ” सञ्जाल सञ्चालन गर्ने अलग्गै टिम भएकाले उसैले सवै काम गर्ने उहाले जानकारी दिनुभयो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले समय अनुसार प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । पार्टीले अधिकतम प्रविधिको प्रयोग गर्दै जनतासंग साक्षत्कार गर्न सामाजिक सञ्जालको प्रयोग आवश्यक भएको बताउनुभयो । हामीले हाम्रा गतिविधि विभिन्न सञ्चार माध्यम, सञ्जाल, घरदैलो, सभा सम्मेलन मार्फत जनता माझ जाने काम भएको उपाध्यक्ष पाण्डेले बताउनुभयो । साना दल तथा स्वतन्त्र उमेदवारहरुले पनि सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो प्रचार कार्यलाई अगाडि बढाएका छन् ।
वरिेन्द्र वहुमुखी क्याम्पस भरतपुरका समाजशास्त्रका प्राध्यापक कृष्णप्रसाद पौडेलले समाजका मानिसको सोचाइ र जीवनशैली परिवर्तनशील हुने भएकाले अहिले सामाजिक सञ्जालमा आएका कुरालाई ध्यान दिएर सुन्ने वानी परेको बताउनुभयो । परिवर्तित समयको कारण एउटै माध्यममा जनता भेट्ने भएको कारण राजनीतिक दलहरुले सञ्जालको प्रयोगलाई प्राथमिकता दिएको बताउनुहुन्छ ।


