चितवनमा चुनावी तयारी तिब्र

चितवन ।
चितवन जिल्ला प्रतिनिधि सभाको निर्वाचनमय भएको छ ।सर्वसाधारण, सरकारी कार्यालय, बजार, गाउँटोल तथ नेता कार्यकर्ता चुनावी तयारीमा जुटेपछि अहिले जिल्ला निर्वाचनको तयारीमा तिब्र भएको छ ।
दलका नेता तथा कार्यकर्तालाई अहिले समय निकालेर प्रचारमा जुटन भ्याइनभ्याइ भएको हो । उमेदवारलाई मतदातासमक्ष आफ्ना चुनावी प्रतिबद्धता दिन र आफूप्रति आकर्शित पार्नको लागि समय व्यवस्थापनमा जटिलता आएको छ । निर्वाचन कार्यालय पनि सोही गतिमा सहज वातावरणमा निर्वाचन सम्पन्न गराउने तयारीमा जुटिरहेको छ ।
सरकारी कार्यालयमा निर्वाचनमा खटिने कर्मचारीको तयारी तथा निर्वाचन केन्द्रीत व्यवस्थापनका काममा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लाभरको १६२ मतदानस्थलका ४९४ वटा मतदान केन्द्र व्यवस्थापनको तयारी गरिरहेको निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । एउटा निर्वाचन केन्द्रमा तीन जना स्वयम्सेवकसहित नौ जना कर्मचारी खटिने छन् । यसैलाई आधार मान्दा जिल्लाभर करिब साढे चार हजारको सङख्यामा कर्मचारी खटिने भएका छन् ।
अघिल्लो निर्वाचनमा जम्मा ४६० मतदान केन्द्र रहेकोमा यसपटकको निर्वाचनमा ३४ मतदान केन्द्र थप गरिएको छ । गत असोज १० यताको विवरण अनुसार चितवनमा २० हजार ६९० जना नयाँ मतदाता थपिएको छ । निर्वाचनलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि सक्दो प्रयास गरिरहेको प्रमुख कार्कीले बताउनुभयो ।
त्यसबाहेक, करिब तीन हजारभन्दा बढीको सङख्यामा अस्थायी मतदाता छन् । तिनका लागि भरतपुर कारागारमा मतदानकेन्द्र तोकिएको छ । यसपटक दुई ठाउँमा अस्थायी मतदानकेन्द्र हुने भए पनि हालसम्म कारागार बाहेक अर्को मतदान केन्द्रको टुङगो लागेको छैन । अस्थायी मतदान केन्द्रबाट सेना, प्रहरी तथा शिक्षक, कर्मचारीले समानुपातिकतर्फ मतदान गर्छन् । त्यसका लागि हाल कर्मचारीको विवरण सङकलन भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
चितवन जिल्लामा निर्वाचन कार्यालयको पछिल्लो विवरण् ाअनुसार दुई लाख १७ हजार ३१४ पुरूष र दुई लाख २४ हजार ७६६ महिला गरी कुल चार लाख ४२ हजार ८२ जना मतदाता छन् । तीमध्ये क्षेत्र नं १ बाट ५६ मतदान स्थलको १६८ मतदान केन्द्रमा ७३ हजार ७६१ पुरूष र ७५ हजार ८६० महिला गरी एक लाख ४९ हजार ६२१ मतदाताले मतदान गर्नेछन् ।
४३ मतदान स्थलको १५२ मतदान केन्द्र रहेको क्षेत्र नं २ बाट ६७ हजार ८५७ पुरूष र ६९ हजार २९४ महिला गरी एक लाख ३७ हजार १५२ मतदाताले मतदान गर्नेछन् । यस्तै, ६३ मतदान स्थलको १७४ मतदान केन्द्र रहेको क्षेत्र नं ३ बाट ७५ हजार ६९६ पुरूष, ७९ हजार ६१२ महिला गरी एक लाख ५५ हजार ३०९ जनाले मतदान गर्ने छन् ।
एउटा गाउँपालिकासहित सातवटा स्थानीय तह रहेको चितवनमा सबै मतदानकेन्द्रमा पाँच सयभन्दा बढी मतदाता रहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

 

शेयर गरौ

ताजा अपडेट