प्राकृतिक वासस्थानमा गोहीलाई बचाउनै कठिन

 

चितवन ।
सिमसार दिवसको अवर पारेर चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छाडेको छ ।
निकुञ्जको कसरामा हुर्काएका २० वटा गोही सोमबार छाडिएको हो । निकुञ्जले यस वर्ष १३७ वटा गोही छाडिसकेको सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिनुभयो । निकुञ्जले प्रजनन केन्द्रमा हुर्काएको गोहीलाई प्राकृतिक बासस्थानमा छाड्दै आएको छ । यस पटक छोडिएका गोहीहरु सबै पोथी रहेको छ ।
कार्यालय दिएको जानकारी अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही अहिलेसम्म नदीमा छाडिएको छ । केन्द्रमा नदी किनारबाट सङकलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरुलाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । प्रजनन केन्द्रमा अहिले साना ठुला गरेर ६३० गोही रहेका छन् ।
प्राकृतिक वास स्थान विभिन्न नदीमा गोही छाडेपछि सवै जिवित राख्न नसकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताउनुभयो । निकुञ्जले विभिन्न समयमा राप्ती, नारायणी नदीमा गोही छाड्दै आएको छ । यसरी नदीमा छाडेको गोही माछा पार्ने तियारी जालमा अड्केर मर्ने सङख्या धेरै भएको पन्तले बताउनुभयो । नदीमा अवैद्ध रुपमा माछा पार्ने कार्य रोकेपनि लुकी छिपी माछा मार्नको लागि नदीमा राखिएको तियारी जालमा परेर गोही उम्कन नसकेपछि त्यही मर्ने गरेको छ ।
यस्तै गरी वर्षातमा आउने वाढीका कारण गोही मर्ने गरेको छ । यस्तै गरी नारायणी र राप्तीमा छाडिएको गोही वगेर भारत जादा छाडिएको गोही सवै यही र जिवित रहने अवस्था कम भएको उहाले बताउनुभयो । गोहीको संरक्षणमा स्थानीय तथा समुदायको भूमिका महत्वपूर्ण हुने प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट