एमाले वलियो शक्ति भएर देशको नेतृत्व गर्छ : भट्टराइ

चितवन ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराइले नेकपा एमाले निर्वाचनपछि बलियो शक्ति भएर देशलाई दीर्घकालिन विकास गर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले वलिायो शक्तिले देशको नेतृत्व लिन नसक्दाका परिणामहरु हामीले भोगिसकेको बताउनुभयो । उहाले भन्नुभयो “एमाले पार्टीले मात्रै देशी विदेशी शक्तिलाई पराजित गरेर सही निकास दिन सक्छ । इतिहास बोकेको पार्टीले धेरै आरोह अवरोह पार गरेर आएको छ । हामी विचलित नभएर परिणाम ल्याउछौ । ”
फागुन २१ को निर्वाचनबाट समानुपातिकमा ४० लाख भन्दा माथि मत ल्याउने र प्रत्यक्ष तर्फ एकसय भन्दा धेरै मत ल्याएर एकल सरकार निर्माण निर्माण गर्न कसैले रोक्न नसक्ने उहाले बताउनुभयो । प्रहरी प्रशासन, अदालत सरकारका सवै अङगलाई बलियो बनाएर काम गर्न सक्ने वातावरण एमालेको सरकारले मात्र गर्न सक्ने बताउनुभयो ।
उहाले भन्नुभयो “गत भदौमा भएको घटनाको विषयमा पार्टीको तर्फबाट दुःख व्यक्त गरिसकेको छ । २३ गतेको गोली काण्ड, मारिएको घटना, २४ गते भएको आगजनी सवैको निष्पक्ष छानविन हुनु पर्दछ । ” सरकारले गठन गरेको समितिले निष्पक्ष छानविन गर्दछ भन्ने विषयमा शंका लागेको बताउनुभयो ।
उहाले सस्तो प्रचारवाजीले मात्र सही परिणाम ल्याउन नसक्ने बताउनुभयो । जनता संग प्रत्यक्ष संवाद गर्ने, जनताले छुन सक्ने, वोल्न सक्ने, गुनासा सुन्ने, गुनासो भन्न सक्ने र जवाफदेहिता भएको पार्टीले मात्र देश चलाउन सक्दछ । प्रचारवाजीमा रमाउन सक्नेले जनताको मुद्दालाई आत्मसाथ गर्न नसक्ने उहाले बताउनुभयो ।
पछिल्लो समय एमाले माथि तथ्य हिन तरिकाले लगाइएको आरोप प्रति उहाले खण्डन गर्नु भयो । जनताले उठाएको जायज जवाफ एमालेले दिन सक्दछ । एमालेले गर्दै नगरेको विषयमा आरोप लगाउदैमा एमाले आत्तिदैन उहाले भन्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाबाट अत्याधिक मतले विजय हासिल गर्ने उहाले बताउनुभयो । झापामा अध्यक्ष ओलीले धेरै राम्रो काम गर्नु भएकाले उहाँ कमजोर हुने कल्पना समेत गर्न नसक्ने भट्टराइले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट