काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा ९एकीकृत समाजवादी० सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो तर राष्ट्रिय सभाको आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको माघ ११ गते सम्पन्न निर्वाचनले छबर्से कार्यकालका लागि १८ जना सदस्य निर्वाचित गरेको हो । नेपालको संविधान २०७२ को धारा ८६९३० ले राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने व्यवस्था गरेको छ । सोही उपधारामा सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने उल्लेख छ, जस अनुसार २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा एक तिहाइ सदस्यको निर्वाचन भएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एक निर्विरोधसहित नेपाली कांग्रेसका नौ जना सदस्य निर्वाचित भएका छन् । नेकपा ९एमाले० का आठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक जना निर्वाचित भए । निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर मधेशको अन्य समूहबाट निर्वाचित हुनुभयो । राष्ट्रिय सभामा एक मात्र सदस्य रहेको लोसपाका शेखरकुमार सिंहको पदावधि सकिन लाग्दा ठाकुर निर्वाचित हुनुभएको हो । जनता समाजवादी पार्टी नेपालबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि जित्न सकेनन् । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० बाट दुई तथा राष्ट्रिय जनमोर्चाबाट चार जनाको उम्मेदवारी परे पनि कुनै उम्मेदवार निर्वाचित हुन सकेनन् । माथिल्लो सदनमा नेमकिपाको प्रतिनिधित्व छैन । राष्ट्रिय जनमोर्चाबाट तुलबहादुर विश्वकर्मा एक मात्र सदस्य हुनुहुन्छ ।
कोशी प्रदेशमा अन्य समूहबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचनबाट प्राप्त मतपरिणाम अनुसार फागुन २१ गतेपछि राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यको सङ्ख्या २४ हुने छ । नेपाली कम्युनिस्ट पार्टी भने दोस्रो ठुलो दलमा धकेलिने छ । नेकपा ९एमाले० ले दस जना सदस्यसहित तेस्रो ठुलो दलको हैसियत प्राप्त गर्ने छ । दस जना सदस्य रहेको एमाले यसअघि पनि तेस्रो ठुलो दल थियो । नेकपाका आठ, एमालेका आठ, जसपा र लोसपाका एकरएक र मनोनीत एक गरी १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेबाट सकिँदै छ ।
शपथ तत्कालै, कार्यकाल फागुन २० गतेपछि
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० मा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र सो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेस गरी निर्वाचित उम्मेदवारको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था छ । सोबमोजिम आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम समावेश भएको प्रतिवेदन पेस गर्नुका साथै नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई परिणामबारे औपचारिक जानकारी गराउने छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचनको परिणाम प्राप्त भएपछि सचिवालयले निर्वाचित सदस्यलाई शपथको कार्यक्रम तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिक्त हुन लागेका सदस्यको पदावधि फागुन २० सम्म कायम रहने छ । निर्वाचित सदस्यको भूमिका फागुन २१ देखि सुरु हुने छ । त्यसअघि सचिवालयले शपथग्रहण गराउने, व्यक्तिगत विवरण प्राप्त गर्नेलगायत गतिविधि गर्ने छ ।”
मनोनीत सदस्य वामदेव गौतम र निर्वाचित सदस्यहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले कार्यकाल सकिनुअघि नै राजीनामा गर्नुभयो । नेपाली कांग्रेसबाट निर्वाचित सदस्य बलदेव बोहराको निधन भएकाले एक पद रिक्त छ । सचिवालयका प्रवक्ता एकराम गिरीले रिक्त पदबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको बताउनुभयो । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम सो क्षेत्रमा उपनिर्वाचनको मिति तोक्ने छ ।
९६ प्रतिशत मतदान
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ९५।६७ प्रतिशत मतदाताले मतदान गरेका छन् । आइतबार बिहान ९ देखि ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा तोकिएको केन्द्रमा मतदान भएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताउनुभयो ।
सात वटै प्रदेशमा गरी कुल दुई हजार ११ जना मतदाता रहेकोमा एक हजार ९२४ जना मतदानमा सहभागी भए । पालिकातर्फ एक हजार ४८२ मध्ये एक हजार ४२६ र प्रदेश सभा सदस्यतर्फ ५२९ मध्ये ४९८ जना मतदाताले मतदान गरेका छन् ।
संविधानको धारा ८६९२० क मा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा सङ्घीय कानुनबमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्था छ । प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणन गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरू
कोशी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी ९एमाले० की रोशनी मेचे ९महिला समूह०, सोमनाथ पोर्तेल ९दलित समूह० र नेपाली कांग्रेसका सुनीलबहादुर थापा ९अन्य समूह, निर्विरोध० निर्वाचित हुनुभएको छ । मधेश प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान ९दलित समूह०, रञ्जित कर्ण ९अपाङ्गतारअल्पसङ्ख्यक समूह०, एमालेकी रेखाकुमारी झा ९महिला समूह०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर ९अन्य समूह० निर्वाचित हुनुभएको छ । यसै गरी बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा ९महिला समूह० र एमालेका प्रेमप्रसाद दङ्गाल ९अन्य समूह० निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा ९महिला समूह० र नेपाली कांग्रेसका जगत तिमिल्सिना ९अन्य समूह० निर्वाचित हुनुभएको छ ।
यस्तै लुम्बिनी प्रदेशबाट एमालेकी रामकुमारी झाँक्री ९महिला समूह०, नेपाली कांग्रेसका वासुदेव घिमिरे ९अपाङ्गतारअल्पसङ्ख्यक समूह० र चन्द्रबहादुर केसी ९अन्य समूह० निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशबाट एमालेकी मीनासिंह रखाल ९महिला समूह० र नेपाली कांग्रेसका ललितजङ्ग शाही ९अन्य समूह० निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी ९महिला समूह० र नेपाली कांग्रेसका खम्मबहादुर खाती ९अन्य समूह० निर्वाचित हुनुभएको छ । गोरखापत्रबाट साभार


