शंकर थपलियाको निर्वाचन प्रतिवद्धता सार्वजनिक

चितवन ।
नेकपा एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं. ३ का उमेद्वार शंकर थपलियाले जनतको मुद्दा बोक्ने स्थानीय व्यक्तिलाई नै चयन गर्न मतदाता संग आग्रह गर्नु भएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्र नं. ३ को परिचालन कमिटीले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले आफ्ना योजना सार्वजनिक गर्नु भएको थियो । निर्वाचिन भएमा आफूले गर्ने योजनाहरु सार्वजनिक गर्दै यस क्षेत्रको विकास निर्माण तथा जन गुनासो सुन्नको लागि स्थानीय उमेद्वार आवश्यक भएको बताउनुभयो । उहाले विजयी भएपछि जनप्रतिनिधिलाई खोज्दा नभेटिने अवस्थाबाट अन्त्य गर्न अहिलेनै सचेत हुनु पर्ने बताउनुभयो ।
उहाले आफ्नो निर्वाचन क्षेत्रमा निकुञ्जको ऐन कानूनको कारण माडीवासीले धेरै दुःख पाइराखेको भन्दै ऐन जनता मैत्री निर्माणमा आफ्नो भूमिका हुने बताउनुभयो । रोजगारी, समसामयिक विषय, तथा अन्य राजनीतिक मुद्दाहरु उहाले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य पार्वती रावल, यमबहादुर परियार,निशा अधिकारी, पूर्व सांसद विजय सुवेदी, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट