स्टार्स मन्टेश्वरी एकेडेमीमा विशेष सरस्वती पूजा

चितवन ।
स्टार्स मन्टेश्वरी एकेडेमीले सरस्वती पूजा विशेष कार्यक्रम आयोजना गरेको छ । हरेक बालबालिकाको सिकाइ यात्रा एउटा अक्षरबाट सुरु हुन्छ भन्ने पवित्र मान्यतालाई आत्मसात गर्दै भरतपुर–११, मालपोत चोकस्थित स्टार्स मन्टेश्वरी एकेडेमीले शुक्रबार विहान ९ बजेदेखि अक्षरआरम्भ संस्कार २०८२ विशेष तथा अर्थपूर्ण रूपमा आयोजना गर्न लागेको हो ।

२ वर्ष तथा सोभन्दा माथिका नानीबाबुहरूका लागि लक्षित यस पवित्र संस्कारले बालबालिकाको शिक्षा यात्राको सुन्दर, शुभ र संस्कारयुक्त सुरुवात गराउने विश्वास लिइएको छ। कार्यक्रममा पवित्र पूजाअर्चना तथा विधि ज्योतिष आचार्य पण्डित नवराज सुवेदीद्वारा सम्पन्न गरिनेछ । जसबाट सहभागी नानीबाबुहरूले ज्ञान, सकारात्मकता र सफलताको आशीर्वाद प्राप्त गर्नेछन् ।
यस दिव्य अवसरलाई अझ गरिमामय बनाउँदै नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ कलाकार चैत्यदेवीको विशेष अतिथिका रूपमा उपस्थित भई साना नीबाबुहरूलाई आफ्नो शुभआशीर्वाद प्रदान गर्ने स्टार्स मन्टेश्वरी एकेडेमीकी को–अर्डिनेटर सोनी थापाले जानकारी दिनुभयो। अक्षरआरम्भ संस्कारसँगै बालबालिकाहरूका लागि खुशी, सिर्जनशीलता र मनोरञ्जनले भरिएको अविस्मरणीय वातावरण तयार गरिएको छ। कार्यक्रममा फेस पेन्टिङ, उड्ने बेलुन वितरण, नाक तथा कान छेड्ने सुविधा, माटोका भाँडा बनाउने गतिविधि, जिप तथा मोटरसाइकल राइडसहितका रमाइला खेलहरू समावेश गरिएका छन्। आयोजकका अनुसार सिकाइको सुरुवात सधैं खुशीबाट हुनुपर्छ भन्ने मान्यतालाई ध्यानमा राख्दै यी गतिविधिहरूको व्यवस्था गरिएको हो।

कार्यक्रम शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १स्०० बजेसम्म स्टार्स मन्टेश्वरी एकेडेमी परिसरमा सम्पन्न हुनेछ। यसै अवसरमा नयाँ भर्ना पनि खुल्ला गरिएको छ। सही, सुरक्षित र संस्कारयुक्त वातावरणमा बालबालिकाको सर्वाङ्गीण विकास गराउने उद्देश्यका साथ स्टार्स मन्टेश्वरी एकेडेमीले गुणस्तरीय शिक्षा, माया, हेरचाह र समर्पणलाई उच्च प्राथमिकता दिँदै आएको छ।

२०६५ सालमा पोखराको पालिखेचोकबाट सुरु भएको स्टार्स मन्टेश्वरी एकेडेमी हाल भरतपुर–११, मालपोत चोक (स्टार्स मन्टेश्वरी), भरतपुर–१२, थानीचोक ९एभरेष्ट प्रिस्कुल०, बास्तोलाथर, पोखरा ९प्राग्मा मन्टेश्वरी० गरि चार स्थानमा सफलतापूर्वक सञ्चालन हुँदै आएको छ। १७ वर्षको गौरवमय इतिहास बोकेको यस मन्टेश्वरी प्रिस्कुलले भरतपुर क्षेत्रमा बेग्लै पहिचान बनाउँदै धेरै अभिभावकहरूको पहिलो रोजाइको शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।

को–अर्डिनेटर सोनी थापाका अनुसार पढाइसँगै गायन, नृत्य तथा टेक्वान्दो जस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि समान रूपमा जोड दिइँदै आएको छ। यस वर्ष सरस्वती पूजा तथा अक्षरआरम्भ संस्कारलाई अझ भव्य रूपमा मनाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट