काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताउनु भएको छ ।
सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उहाले अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु भन्नु भएको छ ।
उहाले बधाई्का साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाक्न सुझाव दिनु भएको छ । नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गर्नु भएको छ । उहाले कसैलाई पनि नआत्ति र नडराउन सुझावसमेत दिएकी छिन् ।


