साँस्कृतिक गाउँको आकर्षक

 

चितवन ।
खरले छाएको छानो । कमेरो र रातो माटोले पोतेको भित्ता । पालीले बनाएको आकर्शक घर । कालो काठको दैलो । पिढीमा ढिकी र जाँतो राखिएको ।
यी र यस्तै कलाले भरिएको परम्परा झल्काउने घरहरुको एउटा गाउँ निर्माण गरिएको छ । पुस २५ गतेबाट टिकौली चौरमा सुरु भएको रत्ननगर महोत्सवको आकर्शक नै विभिन्न जातजातिको कलात्मक घर भएको छ । आधुनिकताले आफ्नै सस्कृति कला मासिदै जाने जोखिम रहेको छ । यस्तो समयमा चितवनको आदिवासी जनजातीको सस्कृति जोगाउन र पहिचान दिनको लागि महोत्सवमा एउटा गाउ नै निर्माण गरिएको छ ।
आधुनिकताको पछाडि लाग्दा आफ्नै सस्कृति हराउन लागेको महसुस गरेर साँस्कृतिक घर निर्माण गरेको रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरी बताउनुहुन्छ । उहाले भन्नुभयो “ अहिले व्यापार मात्रै गर्ने उद्देश्यले मेला महोत्सव आयोजना भएको छ । तर आफ्नो जिल्लाको पहिचान दिने खालका सस्कृतिको जगेर्ना भएको पाइदैन । त्यसैले हामीले जिल्लाका विभिन्न जातजातिको पहिचान दिन एउटा गाउँ नै निर्माण गरेका छौ ।” गाउँमा थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाललगायत नौ वटा जातजातिको साँस्कृतिक पहिचान बोकेको घर निर्माण गरिएको छ ।
ती घरहरुमा सम्वन्धीत जातिले प्रयोग गर्ने सामग्री, कपडा, कृषि तथा दैनिक प्रयोग गरिने सामग्री राखिएको छ । यस्तो निर्माणले जातजातिको पहिचान दिनको लागि धेरै सहयोग पुग्ने थारु कल्याणकारी सभा चितवनका सभापति ललित चौधरीले बताउनुभयो । चितवन भनेको थारु जातिको वसोवास रहेको जिल्ला हो । यहाँको पहिचान नै थारु सस्कृति भएकाले महोत्सवमा यस्ता घर निर्माणले गर्दा हाम्रो सस्कृतिले प्रचार पाउने गर्दछ उहाले भन्नुभयो ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले मेला महोत्सवमा जनजातिको पहिचान झल्कने घर निर्माण गर्नु धेरै राम्रो भएको बताउनु हुन्छ । उहाले भन्नुभयो “ आजभोलिका युवाहरुमा जातजातिको पहिचान सस्कृतिको बारेमा जानकारी लिने सस्कार हराउदै गएको छ । यस्ता उत्सवमा घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने सामग्री समेत राख्दा धेरै राम्रो भएको छ ।” महोत्सव स्थलमा चेपाङ जातको घर निर्माण नगरेकोमा भने दुःख व्यक्त गर्नु भयो ।
महोत्सव घुम्न जानु भएका भरतपुर वडा नंं १० का केशव पौडेलले एउटै स्थानमा धेरै जातजातिको सस्कृति हेर्न पाउदा खुसी लागेको बताउनुभयो । परिवारसहित जानु भएका उहाले सास्कृतिक घरमा वसेर बालबालिकालाई सम्वन्धीत जातिको पहिचान दिन सजिलो भएको बताउनुभयो । भरतपुर १२ का विनोद खतिवडाले विद्यार्थीलाई अवलोकन गराउदा सामाजिक अध्ययन विषयलाई थप सहयोग गर्ने बताउनुभयो ।
संस्कृतिक प्रर्वद्धन समितिका संयोजक सन्तोष लामाले जातजातिको घर र जानकी मन्दिरको आकृति नै महोत्सवको आकर्शक केन्द्र भएको बताउनुभयो । महोत्सव भित्र प्रवेशद्वार नै जानकी मन्दिरको आकृति निर्माण गरिएको छ । यसले थप रौनकता थपिएको उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट