पिँढीबाट सेवा दिदै

 

चितवन ।
अर्कै सस्थाले आश्रय दिएर पिढीमा बसेरै वडा कार्यालय सञ्चालन गरेको चार महिना वितिसकेको छ । पानी पर्दा दौडेर भित्र जाने । घाम लाग्दा फेरी बाहिर आउने । प्रयाप्त वस्ने स्थानको अभाव । चिसो मौसम, तुसारो लागेको वेला पनि बाहिरै वसेर काम ।
भरतपुर महानगरपालिका वडा नंं ३ का अध्यक्ष विकास थापाको दैनिकी स्वास्थ्य सस्थाको पिढीमा वसेर सेवा दिने भएको छ । गत भदौमा नवपुस्ताले गरेको आन्दोनको कारण जीर्ण रहेको वडा कार्यालय जलाइदिएपछि अर्कै सस्थाले आश्रय दिएको स्थानमा सेवा दिन थालनु भएको छ । अध्यक्ष थापाले भन्नुभयो “आसोज कात्तिकमा परेको झरीमा पनि यही चिसो पिढीबाट जनताको काम गरेको थिए । अहिले तुसारो लागेको समयमा पनि यही पिढीनै मेरो कार्य कक्ष हो ।”
“घाम लागेको वेला बाहिर आउछु । पानी प¥यो भने कागज पत्र जोगाउन भित्र जान्छु । फेरी पानी पर्न रोकिन्छ अनि बाहिर आउँछु” उहाले भन्नुभयो “मेरो दैनिकी यसरी वितेको छ ।” आगजनी भएपछि कार्यालय वस्न अयोग्य भएको छ । पुन निर्माणको काम प्रकृया वढेको छ तर कहिले बन्छ टुङगो छैन । जनतालाई दिने सेवा रोक्न हुदैन उहाले भन्नुभयो त्यसैले स्वास्थ्य सस्थाको पिढी (वरण्डा)मा बसेर कार्यालय सञ्चालन गरेको छु । जनप्रतिनिधि भएपछि जस्तो सुकै समस्यामा परेपनि जनताको काम गर्न छाड्न हुदैन भन्ने मेरो भनाइ छ । त्यसैले स्थान होइन काम ठुलो भनेर सेवा गरिराखेको छु ।
वडामा नै रहेको बालकुमारी प्रस्तावित प्रसुती गृहको भवन खाली छ । तर यो भवनमा वडा कार्यालय राख्नको लागि वडा सदस्य तथा महानगरपालिकाले सहमती नदिएपछि ३ नं. वडाको कार्यालयको काम स्वास्थ्य सस्थाको वरण्डाबाट सञ्चालन गर्न वाध्य भएको छ ।
भरतपुर महानगरपालकाको २९ वटा वडा कार्यालय मध्य १९ वटामा आगजनी भएको थियो । ती मध्य ६ वटा वडा कार्यालय पुन मर्मत गरेर वस्न योग्य छैन । प्राविधिकको टोलीले भवन पुन निर्माण गर्न नमिल्ने भन्दै रातो स्टिकर टासेको छ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले वडा कार्यालय निर्माणको लागि योजना बनाएको बताउनुभयो । आजगनीबाट महानगरमा ठुलो क्षती भएको छ उहाले भन्नुभयो मुख्य कार्यालयमा नै करोडौको नोक्सान भएको छ । जनताको सेवाका लागि अर्कै अस्थायी भवनबाट काम गरेका छौ । कठिन समयमा जहाँ जस्तो सुकै स्थानबाट भएपनि सेवा दिनु पर्दछ । केही समयपछि वस्ने ठाउँको व्यवस्था गरिने उहाले बताउनुभयो ।
महानगरले मर्मत तथा पुर्ननिर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाट १७ करोड ७८ लाख रूपियाँ कटौती गरेर खर्च गर्दैछ । तोडफोड र आगजनीमा परेको संरचना पुनर्निर्माण तथा विभिन्न सामग्री खरिदका लागि महानगरको चालू आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन बजेटबाट १७ करोड ७८ लाख रूपियाँ भन्दा बढी कटौती गरेको हो ।
महानगरतर्फको ८ करोड ४६ लाख र वडा तर्फको ८ करोड ७१ लाख रूपियाँ बजेट कटौती गरेको महानगर उपप्रमुख अधिकारीले बताउनुभयो । आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजित चालूतर्फको योजना तथा कार्यक्रम कटौती गरेको हो । महानगरका प्रत्येक वडाको ३० लाख बराबरको बजेट कटौती भएको छ ।

शेयर गरौ

ताजा अपडेट