रविको मुद्दा फिर्ताप्रति ओलीको आक्रोश : दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ताको कार्यालयले कलङ्कको रूपमा स्थापित भएको टिप्पणी गरेका छन्। ४२ औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका पत्राचार गरेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ। मुद्दा लाग्दैन। हिजो मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ। चुनावमा हिरो बनाएर अगाडि सारिन्छ।’ उनले सुशीला कार्की नेतृत्वको सरकार विदेशीको इसारामा चलेकोसम्म आरोप लगाए।

उनले थपे, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलङ्कित भएको छ। लज्जाको विषय भनेको छ। यस्तो पनि हुन्छ, डिम्बका काण्ड बिर्सिम् भन्यो फेरि अर्को काण्ड। फेरि अर्को काण्ड। दुनियाँको हिनामिना भएको पैसा कसले महान्यायाधीवक्ताको कार्यालयले तिर्छ ? उनले आफूहरूले नेपालीको सरकार बनाउन चाहेको भन्दै विदेशीले बनाएको सरकार ढाल्ने चेतावनी दिए।

शेयर गरौ

ताजा अपडेट