आयोगबाट ३ गतेभित्र आधिकारिकता पाउने विश्वास छ : गगन थापा

 

काठमाडौँ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेस सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन आयोगमा अद्यावधिक विवरणसहित आधिकारिकताको दाबी गर्न पुगेका थापाले भने, ुहामीले सम्पूर्ण कागजात बुझाएका छौँ । हामीले पर्सिभित्र आधिकारिकता पाउने विश्वास छ ।ु

थापाले आफूहरूले केन्द्रीय कार्यसमिति भंगको जानकारी आयोगमा गराउँदै विशेष महाधिवेशन आयोजना गरेको उल्लेख गर्दै आफूहरूले नै आधिकारिकता पाउने बताए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दलको पदाधिकारी परिवर्तन भएमा निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने र दलको चुनाव चिह्न तथा झन्डाको आधिकारिकतामा विवाद भएमा आयोगमार्फत समाधान खोज्न सकिने व्यवस्था छ । विशेष महाधिवेशन पक्षधरले यही आधारमा आफ्नो आधिकारिक दाबी राख्दै आयोग पुगेका हुन् ।

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन प्रक्रिया थालनी गर्नुपर्ने भएकाले त्यसअघि यो विवाद टुंग्याउन विशेष महाधिवेशन पक्षधरले आयोगलाई आग्रह गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट