काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री

काठमाडौां । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान ५ ः ४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको थियो। सोमबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो।
सोमबार बिहान ८ः४५ बजे घटेर काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक मापन पनि अहिले सोही समयमा हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

शेयर गरौ

ताजा अपडेट