जाजरकोट, । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समिति जाजरकोटका सदस्य एवं स्थानीयवासी खड्क वहादुर बुढाले दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको मृत्यु भएको जानकारी दिनुभयो ।
जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते रहेको समेत बुढाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी बसन्त कुमार शर्माले दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको खबर स्थानीयले गरे लगत्तै प्रहरी घटनास्थलतर्फ लागेको र विस्तृत घटना विवरण आउन वाँकी रहेको जानकारी दिनुभयो ।


