महामन्त्रीद्वयले कांग्रेसलाई कमजोर बनाउँदैछन् : महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् ।

गत पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको उनले बताए । यस्तो अवस्थामा उक्त निर्णय नमानी विशेष महाधिवेशनको आह्वान गर्नु गलत भएको उनको भनाइ छ ।

‘हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने हो । महामन्त्रीहरू त झन् जिम्मेवार हुन्छन् । वैशाख २८ गते महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ । महामन्त्रीहरूले निर्णय मान्नु भएन,’ उनले भने ।

महाधिवेशन गराउने मुख्य जिम्मेवारी महामन्त्रीहरूको भएको महतको भनाइ छ । उनले महाधिवेशन किन समयमा हुन नसकेको भन्ने विषय महामन्त्रीहरूलाई नै थाहा भएको बताए।

चुनावलगत्तै महाधिवेशन गर्ने र अहिले सबै नेता–कार्यकर्ता मिलेर निर्वाचनको तयारी गर्नुपर्ने समय भएको उनले बताए । पार्टीकै नेताविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज भइरहेकोप्रति पनि महतले असन्तुष्टि जनाए।

साथै, पार्टीकै नेताको खिलापमा सामाजिक सञ्जालमा लगातार गालीगलौज गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

शेयर गरौ

ताजा अपडेट