चितवन उद्योग वाणिज्य संघको उपाध्यक्षमा उमेद्वार वन्नु भएका नारायण प्रधान लामो समयदेखि नारायणगढमा रहेर व्यापार व्यवसाय गर्दै आउनु भएको छ । तीन दशक भन्दा लामो समयदेखि व्यवसायमा अवद्ध हुनु भएका प्रधान सामाजिक कार्यमा समेत संलग्न हुनु भएको एक सफल व्यक्ति हुनुहुन्छ । व्यवसायको हक हित तथा यहाँको समाजिक विकासमा उहाँको अग्रसरमा रहेको छ । यही पुस १९ देखि सुरु भएको चितवन उद्योग वाणिज्य संघका ५९ औं साधारणसभा तथा अधिवेशनको संन्दर्भमा रहेर गरिएको कुराकानीको सारसंक्षेप ।
प्रश्न : तपाइको उमेद्वारी के का लागि हो ?
संघभित्रको एकतालाई मजबुत बनाएर लैजाने । वस्तुगत र वाणिज्य क्षेत्रबीच अझ प्रभावकारी समन्वय गर्ने, उद्यमी व्यवसायिको बास्तविक समस्या समाधानका लागि सम्बन्धित निकायसँग मजबुत रूपमा आवाज उठाउने । समितिबाट दिइने जिम्मेवारी कुशलतापूर्वक पूरा गरी व्यवसायिक हकका साथै समाजिक उत्तरदायित्वमा लाग्नको लागि मेरो उमेद्वारी हो ।
प्रश्न : संघमा रहदा तपाइले के कस्ता कार्य गर्नु भएको थियो ।
वस्तुगत तर्फको उपाध्यक्षको जिम्मेवारीमा रहदा संघको आवाजलाई संस्थागत रूपमा मजबुत बनाउने काम गरे । मेरो कार्यकालमा, बस्तुगत संघहरूको क्षमता अभिवृद्धि, आपसी समन्वय र समझदारी विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको अनुभव छ । वस्तुगत संघहरू बलियो भए मात्र संघ समग्र रूपमा सशक्त हुन्छ भने मान्यताका साथ, वस्तुगत संघ समन्वयलाई प्रभावकारी बनाउने काम भएको थियो । अहिले संघ प्रतिको विश्वास र भरोसा वृद्धि भएर गएको छ ।
संघमा नवीकरण हुने सदस्यको २० प्रतिशत रकम बस्तुगत संघलाई फिर्ता गर्ने प्रावधानको सुरुवात गर्न सफल भयाो । यो प्रावधानले बस्तुगत संघलाई आर्थिक रूपमा पनि सबल बनाउने विश्वास लिएको छु । अझै धेरै काम गर्नु छ ।

प्रश्न : तपाइलाई किन मतदाताले भोट राख्ने ?
किनकी मैले संघमा पाएको जिम्मेवारी कुशलतापूर्वक निभाएको छु । व्यवसायीको अधिकारसंगै यस क्षेत्रको विकासमा सरकारी निकायसंग हातेमालो गरेर काम गरेको छु । व्यवसायिक अधिकारको लागि निस्वार्थ भएर लाग्ने भएकाले मलाई मत हालेर विजयी गराएमा मैले अझ धेरै राम्रा काम गर्ने अवसर पाउनेछु । मैले संघमा लामो समय काम गरे । यो कामको अनुभवलाई थप मजवुद वनाएर समग्र जिल्लाका व्यवसायीको अधिकारको लागि काम गर्नको लागि मलाइ मतदात गर्न सक्नु हुनेछ ।
प्रश्न : अहिको बजार र व्यवसायको अवस्थालाई कसरी हेर्नु भएको छ ?
आजको व्यवसायिक अवस्था जटिल परिस्थितिमा गुज्रिएको छ । बजार सुस्ताएको छ । लागत बढ्दो छ । कर प्रणाली जटिल बनेको छ । व्यवसायीमा चरम निरासा फैलिएको छ । तर समस्या मात्र राखेर हुदैन । समाधान खोज्ने नेतृत्व अहिलेको आवश्यकता हो । जहाँ समस्या छ यहीबाट समाधान गर्न सकिन्छ । समाधान गर्न सक्ने क्षमता अनुभव म संग भएकाले मैले उपाध्यक्षमा उमेदवारी दिएको छु । यी समस्याको समाधान हामी सवै मिलेर गर्न सक्छौ भन्ने विश्वास मैले लिएको छु । समाधानको लागि अनुभव, संवाद र सबै क्षेत्रलाई समेट्न सक्ने दृष्टिकोण अनिवार्य हुन्छ भन्ने मेरो भनाइ छ । यसै अनुभव र सिकाइका आधारमा, म यस पटक वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । आशा छ मतदाताले मलाई विजयी गराउनु हुनेछ । र मैले उहाँहरुको मतलाई सम्मान गर्दै काम गर्नेछु ।
प्रश्न : अन्त्यमा तपाइको मतदाता प्रतिको भनाइ ।
संघलाई अझ सक्षम, समन्वयकारी र परिणाममुखी बनाउने यात्रामा हामी हिडेका छौ । चितवन उद्योग वाणिज्य संघ नेपालकै उत्कृष्ठ मध्यको एक हो । यसको गरिमा कायम राखी थप विकास गर्नको लागि मैले वाणिज्य तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिएको छु । सवैको साथ र सहयोगको अपेक्षा लिएको छु । सवैले मतदात गर्नुहुन अनुुरोध छ ।


