चितवन, फागुन २९ ।
अग्नी मोटो ईन्क प्रालिको चितवन स्थित आधिकारीक डिलर सनराईज अटो सेन्टर लायन्सचोक नारायणगढले महिन्द्रा एक्सेन्च एण्ड फ्रि सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।
यो सेवा चैत १ देखि ५ गते सम्म चल्ने सनराईज अटो सेन्टरका मेनेजर जनकराज ढकालले जानकारी दिनुभयो । मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्न चाहनेलाई विशेष अफर दिईएको छ ।
त्यस अवसरमा कुनैपनि पुरानो मोटरसाईकल लाई अधिकतम मुल्यांकन गरि एक्सेन्ज सुविधामा २४ ईन्चको एलईडि टिभि वा स्मार्ट फोन उपहार प्रदान गरिने ढकालले जानकारी दिनुभयो ।
नयाँ मोटरसाईकल खरिद गर्दा ग्राहकको चाहाना अनुसार फाईनान्स सुविधाको ब्यबस्था रहेको मार्केटिङ प्रतिनिधी दिनेश अधिकारीले जानकारी दिनुभयो ।
सनराईज अटो सेन्टरले मोटरसाईकल एक्सेन्ज संगैं फ्रि सर्भिस क्याम्प पनि संगै आयोजना गर्ने भएको छ । जस अन्तरगत ग्राहकको सुविधाका लागी स्पेयर पार्टस् मा १० प्रतिशत, मोविलमा ५ प्रतिशत र ईन्जिन मर्मतमा १५ प्रतिशत सम्मको छुटको ब्यवस्था रहेको सनराईज अटोले जनाएको छ ।
महिन्द्रा व्राण्डका मोटरसाईकल प्रयोगकर्ताको सन्तुष्टीका कारण यसको यहाँ माग बढ्दै गएको मेनेजर ढकालले बताउनुभयो ।
