बुद्ध एयरको ए टीआर ७२ ९०१ नम्बरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ राति जहाज धावनमार्ग भन्दा करिब २०० मिटर बाहिर खोल्सीतर्फ चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका जहाज खोल्सीमा गएर रोकिएको छ ।
जहाजमा सवार यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको र दुर्घटनाबाट कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
जहाजमा चालक दलका चार सदस्य सहित ५१ यात्रु सवार रहेका थिए । उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
जहाजमा सवार यात्रु भोजराज सापकोटाले ल्यान्ड भएपछि प्लेन नरोकिएको बताए। उनले भने,’धावन मार्गको आधा पुगेपछि पनि प्लेन चिप्लिरह्यो । रोकिएन ।’
उनले प्लेन धावन मार्गबाट बाहिर पुगेर प्लेन ठोक्किएको बताए । सापकोटाले प्लेन उडानका क्रममा भने कुनै असामान्य अवस्था न आएको बताए । सापकोटाले प्लेनको इमर्जेन्सी ढोका भने ढिला खुलेको बताए


