फालिएको वोतलबाट बनेको क्रिष्टमस ट्री पर्यटकको आकर्षण

 

चितवन ।
चितवनको पर्यटकीय नगरी सौराहामा प्लाष्टिकको बोतलबाट क्रिष्टमस ट्री निर्माण गरिएको छ ।
क्रिष्टमसको अवसर पारेर सरसफाइको क्षेत्रमा काम गर्दै आएको सफा उर्जा प्रालिले खेर गएको प्लाष्टिकको बोतललाई पुन प्रयोग गरेर आकर्षक बनाएको छ । पर्यटकीय नगरी सौराहाको राप्ती नदी तटिए क्षेत्रमा कोल्ड ड्रिक्सका बोतललाई जम्मा पारेर पुन प्रयोग गरिएको सफा उर्जा प्रालिका निर्देशक निर्णय पौडेलले जानकारी दिनुभयो ।


हामीले प्रयोग गरेका कतिपय प्लाष्टिकका सामान पुन प्रयोग गर्न सकिन्छ जसले गर्दा वातावरण जोगाउन मद्दत पुग्ने सन्देश दिन यस्तो गरिएको उहाले जानकारी दिनुभयो । क्रिष्टमसको अवसरमा स्वदेशी तथा विदेशी पर्यटक सौराहा आउने भएकाले सकरात्मक सन्देश दिन यही निर्माण गरिएको उहाले बताउनुभयो ।


सफा उर्जाले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर संकलन गरी पुन प्रयोग गर्न मिल्ने सामग्री उत्पादन तथा प्रशोसन गर्दै आएको छ । प्रालिले फालिएको फोहोर सिसाबाट वालुवाको जस्तै प्रयोग गरी ब्लक निर्माण गरेको छ भने, प्राङगारिक मल, अन्य विभिन्न सामग्री उत्पादन गर्दै आएको उहाले जानकारी दिनुभयो ।
अहिले प्लालिष्टकबाट निर्माण गरिएको क्रिष्टमस ट्री हेर्न तथा फोटो खिच्नेको भिड लागेको छ । फोहोरबाट पनि आकर्शक सामग्री वन्छ भन्ने सन्देश यसले दिएको क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले बताउनुभयो । हात्ती महोत्सव, क्रिष्टमस तथा नयाँ वर्षको अवसरमा पर्यटकको चहलपहल सौराहामा वढेको उहाले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट