धादिङ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा शनिबार सात वटा सवारी साधन एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कूल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेको हो । भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
दुर्घटना स्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका छन् । उद्धार कार्य अवेलासम्म जारी रहेको थियो । दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएपछि राति अवेर सञ्चालनमा ल्याएको छ ।
घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको छ । दुर्घटनामा मानवीय क्षतीको विवरण आइ नसकेको प्रहरीले जानकारी दिएको छ । घटनामा घाइतेको विवरण संकलन गरिराखेकाले के कती घाइते भएको विवरण पछि जानकारी दिने प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो ।


