प्रतिनिधिसभा पुर्नस्थापना पछि मात्रै निर्वाचन : उपाध्यक्ष थापा

 

चितवन ।
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुर्नस्थापना अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।
नेकपा एमाले चितवनले शनिबार नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाले पुर्नस्थापनापछि संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनु पर्ने माग गर्नु भयो । सार्वभौम संसदबाट गरिएको निर्वाचन मात्रै निश्पक्ष हुने उहाँको भनाइ थियो । उपाध्यक्ष बादलले भन्नुभयो “वर्तमान सरकारले निर्वाचन गराउन सक्दैन । अहिलेसम्म निर्वाचनको तयारी छैन, दलहरुसंग गम्भिर रुपमा छलफल भएको छैन । यस्तो अवस्थामा कसरी निर्वाचन हुन सक्छ ।”
फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाउने षडयन्त्र भइराखेको उहाले आरोप लगाउनुभयो । ठूला र स्थापित दलका नेतालाई चुनावमा भाग लिन नपाउने गरी सरकारको तयारी भएको उहाँको भनाइ थियो ।
भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्र भएको थियो । देशलाई दीर्घकालिन क्षती पार्ने तत्वको खोजी गरी कार्वाही गर्न सरकारको उहाले ध्यानाकर्षण गराउनु भयो । उहाले भन्नुभयो “अहिले दोषीलाई कार्वाही गर्ने हो, प्रतिनिधिसभा पुर्नस्थापना गर्ने हो । आवश्यकता एकता तिर सरकार भने अर्कै बाटोमा हिडेको छ ।”
विदेशी शक्तिले नेपालमा चलखेल गरिराखेको समयमा निर्वाचनको भुलभुलैमा पर्न नहुने उपाध्यक्ष थापाले आरोप लगाउनुभयो । प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १० कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोकिने उहाले बताउनुभयो । “निर्वाचनमा अस्तित्व जोगाउन मात्रै उनीहरूले १० कोठे टहरो हालेका हुन्, त्यसले पनि उनीहरूको ओरोलो यात्रा रोकिदैन, मुल घरमा फर्किए मात्रै केही जोगिन सक्छ,” उहाँले भन्नुभयो । १० कोठे टहरो बनाएकाहरू कोर्स गरेर मुल घरमा फर्किन पार्टीले अपिल गरेको र केही फर्किएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोलिट व्यूरो सदस्य देवी ज्ञवालीले अवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुर्नस्थापना नै अहिलेको आवश्यकता भएको बताउनुभयो । जननिर्वाचित प्रतिनिधिसभा बिचैमा विघटन गरेर गर्न खोजिएको निर्वाचन मान्य नहुने उहाँको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य जगन्नाथ थपलियाले भदौमा भएको आगजनी नेपालको इतिहासले माफी दिन नसक्ने बताउनुभयो । देशको इतिहास मास्ने, राज्यका तिनै अंङ्गमा आगजनी गर्नेलाई कार्वाही गर्न माग गर्नुभयो ।
तत्कालिन प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीले राम्रो काम गर्दागर्दै भएको जेनजीको नाममा भएको घुसपैठको आन्दोलन उचिन नभएको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, जिल्ला अध्यक्ष कमलराज पाठकलगायतले संसद पुर्नस्थापनाको पक्षमा बोल्नु भएको थियो ।
जनसभामा अगाडि जिल्लाका सात वटै पालिकाबाट भेला भएका पार्टीका कार्यकर्ताहरुको ¥याली भरतपुरको गोन्द्राङबाट नौ किलोमिटर पैदल यात्रा गर्दै पोखरा वसपार्क नारायणगढमा आएर सभामा परिणत भएको थियो ।

शेयर गरौ

ताजा अपडेट