पछुताउने निर्णय भन्दा उपयुक्त निर्णय : खड्का

काठमाडौँ  ।नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी धैर्य राख्न आग्रह गरेका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीलाई सदा सम्मान गरिरहने र त्यो नै शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।’

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, गल्ती-कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक कांग्रेसले लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन् ।

शेयर गरौ

ताजा अपडेट