उदाउदो सुर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन

चितवन। छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो । चितवनको नारायणी नदी, पूर्वी चितवनको लौरीघोल लगायतका ठाउँमा छठ पर्व मनाइएको छ । यस वर्ष नारायणी नदीमा भक्तजनको ठूलो भिड लागेको थियो ।

शेयर गरौ

ताजा अपडेट