आजबाट चितवनका सवै सरकारी कार्यालय खुल्ने

चितवन ।
मौसममा सुधार आएपछि चितवनको सरकारी कार्यालय आजबाट नियमित सेवा दिने भएको छ ।
खराब मौसको कारण गृह मन्त्रालयले असोज १९ र २० गते देशभरका सरकारी कार्यालय सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मौसममा सुधार आएर जनजीवन सामान्य वन्दै गएपछि चितवन प्रशासनले सूचना प्रकाशित गरी सोमबारबाट नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अवस्था समान्य भएकाले सोमबारबाट जिल्लाका सवै सरकारी कार्यालय नियमित सेवा दिन सूचित गरेका छौ जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामाले जानकारी दिनुभयो । दसैंको फूलपाती १३ गतेदेखि वन्द भएको सरकारी कार्यालय सात दिनपछि सोमबारबाट सञ्चालन भएको हो ।
चितवनबाट राजधानी काठमाण्डौ सहितका स्थानमा सवारी साधन सोमबारबाट समान्य अवस्थामा सञ्चालन भइराखेको छ । मुग्लिन नारायणगढको तुइनखोला पहिरो पन्छाएर दुवै तर्फी सवारी साधन चलेको हो ।

शेयर गरौ

ताजा अपडेट