चितवन काठमाडौ सडकमा यातायात चलाउन रोक

चितवन ।
चितवन हुँदै राजधानी काठमाडौ जाने राजमार्गमा सवारी साधन सन्चालनमा रोक लगाएको छ ।
शनिवार साझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ हुँदै काठमाडौ जाने सवारी साधन शनिबार साझ ६ बजेदेखि सन्चालनमा रोक लगाएको हो । मौसम पुर्वानुमानले गरेको सतर्कतालाइ ध्यान दिएर अर्को सुचना प्रकाशित नहुदासम्म काठमाडौ जाने यातायात सन्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनु भयो ।
नारायणगढ मुग्लिन सडकखण्डको तुइनखोलामा आउने पहिरो, मुग्लिन मेलेखु सडकखण्डको विभिन्न स्थानमा आएको पहिरो, बाढी लगायतको उच्च जोखिम भएकाले बन्द गरिएको उहाले जानकारी दिनु भयो । साथै जिल्ला भएर अन्यत्र जाने सवारी साधनलाइ पनि सन्चालनमा रोक लगाएको छ ।

शेयर गरौ

ताजा अपडेट