चितवन ।
तुइनखोलाको पहिरो हटाइएको छ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा आएको पहिरो हटाउन ठुलो बत्ती बालेर काम गरेको थियो ।
पहिरो हटाएपनि सडकको किनार छेउ पन्छाएर दुवै तर्फ सवारी साधन सञ्चालन गर्ने गरी तयारी भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । सवै पहिरो पन्छाएर दुवै तर्फी सवारी साधन सञ्चालन गर्नेगरी तयारी भएको बताउनुभयो । तीनदिनदेखि अवरुद्ध सडकको कारण रोकिएका सवारी साधनको चाप धेरै भएकाले एकै पटक साधन चलाउन मिल्ने गरी तयारी गरिएको हो । अहिले धमाधमन सडक सफा गर्ने काम भइराखेको छ ।
मङगलबार साँझ झरेको पहिरो बुधबार बिहानैदेखि पन्छाउन थालिएको थियो । बिहीबार पनि दिनभर पहिरो हटाउने काम भएको छ । यस अगाडि रातको समयमा काम बन्द गर्ने गरिएकोमा आज भने राति ६ बजेदेखि बत्ती बालेर काम गरिएको हो ।
यस अगाडि असोज ३ गते सोही स्थानमा पहिरो खसेको थियो । त्यसलाई पन्छाएर ४६ घण्टापछि सवारी साधन सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा ल्याएको केही घण्टापछि पुन सोही स्थानमा ठुलो पहिरो आएपछि मङगलबार साँझदेखि राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर केही वेरमा यातायात सञ्चालन गर्ने तयारी भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । पहिरो पन्छाउनको लागि छ वटा उपकरको प्रयोग गरिएको छ ।


