चितवनको वस्ती विकासको इतिहास खरानी

चितवन ।
चितवनको वस्ती विकासमा भएको जग्गा सम्वन्धी प्रमाणपत्र जेजनीले लगाएको आगलागीको कारण जलेर खरानी भएको छ ।
वस्ती विकास गर्नको लागि जङ्गल फडानी गर्न दिएको पुर्जा, त्यही पुर्जाको आधारमा गरिएको जग्गाको नापजाँचको प्रमाण र त्यसैको आधारमा अन्य प्रमाणहरु खरानी भएको छ । जेनजीको आन्दोलनमा भदौ २४ गते मालपोत कार्यालयमा भएको आगजनीले चितवन जिल्लाको जग्गा सम्वन्धी इतिहास जलेर खरानी भएको हो ।
मालपोत कार्यालय चितवनका प्रमुख रमेशप्रसाद गौतमले भन्नुभयो “चितवनको वस्ती विकासमा जङ्गल फडानी गर्न दिएको पुर्जा, त्यही पुर्जाको आधारमा गरिएको फडानी र जग्गाको हदवन्दीका सम्पूर्ण कागजपत्र जलेर खरानी भएको छ । यो प्रमाण कही कतै राख्न स्यानिङ गरिएको छैन ।” तत्कालिन राजा महेन्द्रको शासन कालमा भएको वस्ती विकासको इतिहास मालपोत कार्यालयमा सुरक्षित रहेको थियो उहाले भन्नुभयो ।
चितवनको वस्ती विकासमा राप्ती दुन एकीकृत विकास आयोजनाले २०१३ सालमा जङ्गल फडानी गर्न पुर्जा वितरण गरेको थियो । यसरी व्यक्तिले जङ्गल फडानी गरेर आफ्नो जमिन ओगटेका थिए । त्यसरी ओगटेको जग्गाको चार किल्ला नापजाँज गरिएको थियो । त्यसको सवै कागजपत्र मालपोत कार्यालय चितवनमा सुरक्षित राखिएको थियो । २०२६ सालमा त्यही पुर्जाको आधारमा जग्गा नापजाँच गरेर सोही व्यक्तिलाई प्रमाणपत्र दिएको कार्यालय प्रमुख गौतमले बताउनुभयो । यसरी यहाँको जग्गा सम्वन्धी इतिहासको प्रमाणपत्र जलेर खरानी भएको उहाले बताउनुभयो ।


२०७२ सालमा आएको भूकम्पको कारण जिर्ण भएको भवनमा काम चलाउ गर्दै कार्यालय सञ्चालनमा आएको थियो । भूकम्प पछि गरिएको भवनको अवस्थाको परीक्षणमा वस्न अयोग्य भनी सातो चिन्ह लगाइएको भवनमा मलापोत कार्यालय सञ्चालन भइराखेको थियो । यो भवनमा भदौ २४ गते आगलागी भएपछि अहिले भवनका भित्ता र ढाल उप्किएर झर्न थालेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । भवनको वरिपरी जाने अवस्था समेत नभएको उहाले बताउनुभयो ।
कागजपत्र जलेर नस्ट भएको स्थान, अन्य सामग्री जलेर खरानी भएपनि भवन भित्र पसेर सरसफाइ गर्न सकिने अवस्था छैन उहाले भन्नुभयो कार्यालय बाहिर सरसफाइ गरिएको छ । लेखापढी वस्ने टहरोमा कार्यालय सञ्चालन गर्न सकिन्छ की भन्दै तयारी गर्न थालेका छौ । जग्गा सम्वन्धी २०७८ साल अगाडिको सवै अभिलेख जलेकाले काम गर्न ज्यादै कठिन भएको उहाले बताउनुभयो ।
२०७८ साल पछि वायोम्याट्रिक विधि सुरु भएकाले अभिलेख पाइन्छ । त्यस भन्दा अगाडिको विषयमा काम गर्नु पर्दा ज्यादै संवेदनशील भएर गर्न पर्ने भएको छ । जग्गा धनीले ल्याएको कागजपत्र नै हाम्रो लागि अन्तिम प्रमाण हुनेछ । सेवाग्राहीले ल्याएको प्रमाण र कार्यालयमा भएको प्रमाण भिडाएर हेर्ने अवस्था छैन । शंका लागेमा स्थलगत भ्रमण गरेर, वडाको प्रतिनिधि राखेर मात्र काम गर्नु पर्ने अवस्था आएको उहाले बताउनुभयो । कार्यालयले दसैं अगाडि कुनैपनि सेवा दिन सक्ने अवस्था नभएको प्रमुख गौतमले बताउनु भयो ।

 

शेयर गरौ

ताजा अपडेट