धादिङको पहिरो खुल्यो तुइनखोलमा पुन अवरुद्धः खुल्ने समय अनिश्चित

 

चितवन, ।
मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आएपनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ ।
धादिङको जवाङ पहिरोले राति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग अपरान्ह ३ बजेबाट सञ्चालनमा आएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । धादिङ तर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिन नारायणगढको तुइनखोलमा पुन ठुलो पहिरो आएपछि अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । पहिरो झर्नेक्रम जारी रहेकाले मङ्गलबार सञ्चालन गर्न कठिन रहेको छ कार्यालय प्रमुख नेपालले भन्नुभयो ।
गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाले अनुरोध गर्नु भएको छ । गएको दिनमा भन्दा अहिले झरेको पहिरो जोखिम रहेकाले पन्छाउन समेत कठिन भइराखेको प्रमुख नेपालले भन्नुभयो । निरन्तर झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उहाले जानकारी दिनुभयो ।
पहाडनै खसेकाले कहिले यातायात सञ्चालन हुन्छ भन्न नसकिने उहाले बताउनुभयो । मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि वन्द भएको छ ।

शेयर गरौ

ताजा अपडेट