चितवन, माघ ५
आफ्नो गाँउ तथा टोलमा हुने गरेको फोहोर मैलालाई ब्यबस्थापन गर्दै आएकोे युनिक युवा क्लबले बृहत रुपमा फोहोर मैला ब्यबस्थापन सम्बन्धी कार्यक्रम गर्ने भएको छ ।
रत्ननगर वडा नम्बर १० मा रहेको युनिक युवा क्लबले गाँउ टोलमा मात्रै सिमित नभई नगरपालिका भित्र रहेको सार्बजनिक स्थलहरुमा पुगेर फाहोर मैला ब्यबस्थापनको काम गर्ने क्लबका सचिब सुदिप पाण्डेले बताए । क्लबको शनिबार भएको प्रथम बार्षिक साधारण सभामा समाजकालागि गरिने सामाजीक कार्यक्रम अनर्तगत रहेर सरसफाईको क्षेत्रलाई चुनेको पाण्डेले बताए ।
क्लबको शनिबार भएको साधारणसभा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रहेका रत्ननगर १० का वडा अध्यक्ष केशब आचार्यले फाहोर मैला ब्यबस्थापन सँगै धुम्रापान तथा लागु औषध निषेध कार्यक्रम सञ्चालनलाई वडाले सहयोग गर्ने बताए ।
क्लबले रिक्त रहेको उपाध्यक्ष र कोषध्यक्ष पदको पनि शनिबारनै पद पुर्ती गरेको छ । क्लबले उपाध्यक्षमा सन्धया पाठक र कोषध्यक्षमा सुदिप पौडेललाई परिपुर्ती गरेको क्लबका अध्यक्ष पौडेलले बताए ।