काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाउनु भएको छ । आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गर्नु भएको हो । नयाँ मन्त्रीहरूको शपथ सोमबार हुने तय भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस हुनु भएको छ । उहाँ स्वास्थ्य अतिरिक्त सचिव हुनुहुन्छ । उहाले उक्त पदबाट राजीनामा समेत दिनु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिइएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्। सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ। उहा इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्। त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ भने उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्।


