राति ९ देखि विहान ५ बजेसम्म मुग्लिन सडकमा यातायात सञ्चालनमा रोक

 

चितवन ।
छयालिस घण्टा अवरुद्ध सडक सञ्चालनमा आएपछि जोखिम कम गर्न मुग्लिन नारायणगढ सडक राति बन्द गरिएको छ ।
सडकखण्डको तुइनखोलामा पहिरो आएर शुक्रबारदेखि अवरुद्ध सडक आइतबार राति ९ देखि विहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । पहिरो जाने क्रम भइराखेकाले सम्भावित जोखिम कम गर्न रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
विगत एक हप्तादेखि सो सडकखण्डमा पहिरो आइराखेको छ । तुइनखोलामा सुख्खा पहिरो झर्नेक्रम जारी रहेको छ । आइतबारपनि पहिरो आउदै रोकिदै गरेको थियो । आइतबार पाँच घण्टा एकतर्फ सवारी साधन सञ्चालन गरेपछि यातायात चलाउन रोक लगाएको हो । गत वर्ष असारमा राति पहिरोले दुइवटा रात्रिवस त्रिशुलीमा झारेको थियो । कुनै अप्रिय घटना हुन नदिनको लागि रातिको समयमा तत्काल सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट