चितवन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वाराको विभिन्न स्थानमा यात्रा गर्ने यात्रुलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएको छ ।
केही समय अगाडि पथलैया नजिक मोटरसाइकल यात्रा गर्नेलाई आक्रमण गरी ज्यान लिएको बाघलाई नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । बाघ समात्नको लागि हात्ती सहित पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, नेपाल आर्मी, नेपाल प्रहरी र जीतपुरसिमरा उपमहानगरपालिका सहितको टोली परिचलन गरिएको थियो ।
राजमार्गमा यात्रा गर्नेदेखि वस्तीका मानिसलाई समेत आक्रमण गरी ज्यान लिएको बाघलाई नियन्त्रणमा लिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ का अध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनुभयो । शुक्रवार विहान बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ ।


