चितवन ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आउँदा शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।
साँझ झरेको पहिरो पन्छाउने क्रम जारी भएपनि ठुलो पहिरो खसेको कारण राति सम्भव नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
अझैपनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । दुइ वटा लोडर परिचालन गरी काम भइराखेपनि खुल्नको लागि लामो समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर अर्जुन घिमिरेले जानकारी दिनुभयो । यस सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडक हुँदै यात्रा गर्न सडक कार्यालयले अनुरोध गरेको छ । शुक्रबार साँझ ७ः३० देखि अवरुद्ध सडक खुल्न अझै लामो समय लाग्ने भएको छ ।


