काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका ओली बिहीबार निस्किएर भक्क्तपुरको गुन्डु पुगेका हुन् ।
विहिबार अध्यक्ष ओली भक्तपुरको गुन्डु पुगेका हुन् । स्रोतका अनुसार उनलाई स्वागत गर्न महासचिव शंकर पोखरेल, महासचिव पोखरलको पत्नी तथा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य, पोलिटव्यूरो सदस्य महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महराज गुरुङ, नेतृ अञ्जना अधिकारी, ओलीका सचिवालयका किरण पौडेल लगायतका नेताहरु गुन्डु पुगेका थिए ।ओलीलाई यहाँ ल्याउने पहल पोलिटव्यूरो सदस्य बस्नेतले गरेका हुन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनी गुन्डु सरेका हुन् ।
ओली संविधान दिवसमा सहभागी हुने भएका छन् । नेकपा ९एमाले०को मुख्यालय च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा सार्वजनिक हुने एमालेका एक नेताले बताए । नेकपा ९एमाले० निकट प्रेस चौतारी नेपालले सञ्चारकर्मीहरुलाई पठाएको निमन्त्रणामा ओली उपस्थित हुने उल्लेख छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारसमेत बनिसकेको छ।
पछिल्लोपटक अद्यावधिक तथ्यांकअनुसार आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना छ । त्यसमा प्रदर्शनकारीतर्फ २१ ९२३ गतेको प्रदर्शनमा०, अन्यतर्फ ९२४ गतेको विध्वंसात्मक घटनापश्चात्० ३८, कैदीबन्दी र बालबन्दीतर्फ १० जना छन् । यसैगरी, घाइतेमा नेपाल प्रहरीतर्फ ३८४ छन् । त्यसमध्ये ३२० जना डिस्चार्ज भएका छन् भने ६४ जना उपचाररत छन् । सशस्त्रतर्फ २२६ जना घाइते भएकोमा २२१ डिस्चार्ज र पाँच उपचाररत छन् । आन्दोलनकारीतर्फ ११६ जना उपचाररत रहेको तथ्यांक छ ।
गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट २६३ सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार ३४२ सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । जेन–जी आन्दोलनको पहिलो दिन ९२३ भदौ०मै सरकारको बर्बर दमनमा १९ युवा मारिएपछि पनिओलीले देखाएको हठका कारण ठुलो जनधनको क्षति भएको उनकै सरकारका मन्त्रीहरूले बताएका छन् । १९ निहत्था युवा मारिएपछि बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले घटनाप्रति माफी माग्नुपर्ने, तत्काल सामाजिक सञ्जाल खुलाउनुपर्नेजस्ता प्रस्ताव गरेका थिए ।
तर, मन्त्रीहरूका अनुसार ओलीले ‘सिनामंगलबाट आएका प्रदर्शनकारीसँग बन्दुक रहेको र प्रहरीले नभई उनीहरूले नै गोली हानेको’ ब्रिफिङ गर्दै ती प्रस्तावलाई ठाडै इन्कार गरेका कारण २४ भदौको आन्दोलनले ठुलो क्षतिसहित भयावह अवस्था निम्त्याएको हो


