काठमाडौं । सरकारले जेनजी आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सबै क्षति भएको निजी तथा सार्वजनिक संरचनाको पुर्ननिर्माण गर्न पुर्ननिर्माण कोष स्थापना गर्ने र उक्त कोषमा रकम जम्मा गर्नका लागि सबैलाई आव्हान गर्ने बैठकले निर्णय भएको छ ।
त्यस्तै, बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाको सम्झनामा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने योजना निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।


