काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तीको तयारी थालिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायधीश कार्कीबीच विहिबार मध्यरात भएको छलफलमा कार्कीलाई आज सपथ गराउने गरी तयारी गरिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार संबिधानको कुनै पनि धारा नटेकी आवश्यकताको सिद्धान्तको आधारमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागिएको हो । वार्तामा सहभागी अधिकारीका अनुसार शुक्रबार सपथ गराउने गरी तयारी थालिएको छ । स्रोतले भन्यो, आज सपथ हुन्छ ।’
विहिबार दिनभर राष्ट्रपति पौडेलले प्रधानसेनापति सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ।
संविधानविदहरुले राष्ट्रपतिलाई संविधानको धारा ६१९४० अन्तर्गत निकास खोज्न सकिने सुझाव दिएका छन् । संविधानको संरक्षणकर्ताको हैशियतले संसद् नभएको व्यक्तिलाई निर्वाचन गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्ति गर्न सकिने संबिधानविद्हरुले राष्ट्रपतिलाई सुझाब दिएका छन् ।
जेनजी समूहका अगुवा सुदन गुरुङले पूर्वप्रधानन्यायाधीश कार्कीसँगै रहेका अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको टेलिफोन वार्ता पनि सार्वजनिक गरेका छन्। जसमा अर्यालले कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी बारेमा जानकारी दिएका छन् ।


