सरकारले नर्थ कोरिया पो बनाउने भएछ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विकृति अन्त गर्न सूचनामा बिर्को लगाउन नहुने भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’ सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ।

शेयर गरौ

ताजा अपडेट