रत्ननगरका जनप्रतिनिधिका लागि विपद् प्रतिकार्य तालिम शुरु

रत्ननगर २७ फागुन ।

चितवनको रत्ननगरमा सामुदायिक विपद प्रतिकार्य तालिम सोमवारदेखी सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहकार्यमा नेपाली सेना श्री नं. २ विपद व्यवस्थापन गण रसौलीको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले विपदलाई सामान्य ढंगले हेर्न नहुने भन्दै पुर्व सजगता अपनाउनु पर्ने वताए । नगर भित्र पर्ने सम्भावित विपद नहोस भनेर नगरपालिका सचेत समेत रहेको मेयर वनले वताए । मेयर वनका अनुसार वाढीलाई मध्यनजर गर्दै नगरपालिकाले उद्धार भवन वनाउन लागेको पनि जानकारी दिए ।

उपमेयर विमला दुवाडीले विपदले आउँदा संकेत नदिने भएकाले अग्रिम सचेत वन्नु पर्ने वताईन् । नेपाली सेना श्री नं. २ विपद व्यवस्थापन गण रसौलीका गणपति राजेन्द्र पराजुलीले विपदका लागि नेपाली सेनाले दीर्घकालिन र अल्पकालिन योजना वनाएर काम गरिरहेको वताए । उनका अनुसार भुकम्पीय जोखिमबाट विश्वमा नेपाल ११ औं स्थान र बाढी पहिरोको जोखिमबाट ३० औं नम्वरमा रहेको छ । चार दिन सम्म चल्ने तालिममा नेपाली सेनाले विपद व्यवस्थापन,विपद व्यवस्थापनमा सेनाको भुमिका,बाढी र पहिरो,उद्धार सामाग्री,अग्नी नियन्त्रण,भुकम्प,खोज तथा उद्धारको तरिका,विपदमा प्राथमिक उपचार लगायतका विषयमा प्रशिक्षित गर्नेछन् ।

विपद् व्यवस्थापनको काम सरकारको प्राथमिकतामा परेन ः मेयर वन
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विपद् व्यवस्थापनलाई वेवास्था गरेको बताएका छन । जनप्रतिनिधिका लागि सोमवारबाट सुरु भएको सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्घाटन गर्दै उनले विपद् व्यवस्थापनको काम राज्यको प्राथमिकतामा पर्न नसेको बताए । विपद् व्यवस्थापन जस्तो संवेदनशिल कामका सरकार गम्भिर नभएको देखिन्छ उनले भने सरकारले यो कामलाई प्राथमिकता दिएर काम गर्र्नू पर्छ । विपद्ले मानवीय क्षति सहित भौतिक पूर्वाधारलाई ध्वस्त पार्ने भन्दै उनले विपद्बाट जोगिन पूर्व तयारीका कामलाई सरकारले चासोका साथ लिएर अगाडि बढनु पर्ने बताए । उनले विपद् व्यवस्थापनको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताइन । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले विपद् व्यवस्थापनको लागि जनप्रतिनिधिका लागि गरिएको सामुदायिक विपद् प्रतिकार्य तालिम उपयोगी हुने बताइन ।

ताजा अपडेट