चितवन ।
पोखरा र चितवनबाट राजधानी जाने रामार्ग तीन स्थानमा अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत दुइ स्थानमा र नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत एक स्थानमा पहिरो आएपछि बाटो अवरुद्ध भएको हो । राजधानीबाट बाहिरीने र भित्रिने सवारी साधन विहानदेखि रोकिएको छ ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा पहिरो आउदा राजमार्ग अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना गाउपालिका वडा नंं ५ तुइलखोलमा माथिबाट लेदो सहितको पहिरो आएपछि विहान ६ः४० देखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
यस्तै गरी मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत इच्छाकामना गाउपालिका ४ घोप्टे भिरमा लेदो सहितको पहिरो खसीबाटो अवरुद्ध भएको छ । दुवै स्थानको सडक खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै गरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउपालिका ३ पानीधारामा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ ।


