शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक आन्दोलनमा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा रहेका निजी विद्यालय सञ्चालकले आजदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै आन्दोलित बनेका निजी विद्यालय सञ्चालक सशक्त आन्दोलनमा जाने गरी आजबाट दोस्रो चरणका कार्यक्रम शुरु गर्न लागेका हुन्। प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था संयुक्त रुपमा आन्दोलनमा होमिएका छन्।

यी संस्थाले आज आन्तरिक तयारी, जुम मिटिङ लगायतका कार्यक्रम गर्ने, भोलि प्रतिनिधिसभा तथा प्रदेशसभा अगाडि धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। यसअघि यी संस्थाले पहिलो चरणको विरोध कार्यक्रम गरिसकेका छन्। निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा निजी विद्यालय आन्दोलित बनेका हुन्

शेयर गरौ

ताजा अपडेट