चितवन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लायन्स क्लब अफ भरतपुरले मङगलबार विद्यार्थीलाई मनोपरामर्श तथा सचेतना कार्यक्रम आयोजना गरेको छ ।
भरतपुर ९ मा रहेको गुरुकुल माध्यमिक विद्यालयका विद्यार्थीलाई मनोपरामर्श तथा सचेतना कार्यक्रम गरेको हो । पछिल्लो समय मानिसमा चिन्ता, आवेग तथा तनाबले गर्दा दैनिक जीवनमा परेको प्रभावलाई समाधान गर्न परामर्श कार्यक्रम आयोजना गरेको हो ।
क्लका अध्यक्ष मनोज खड्काको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ आर नेपालका गर्भनर नवराज सापकोटाले किशोरावस्थाका बालबालिकालाई मनोपरामर्श आवश्यक भएको बताउनुभयो । अभिभावकबाट पढाइमा हुने दवाव, धेरै नम्वर ल्याउनु पर्ने मानसिक दवावलगायतको कारणले गर्दा तनावमा पर्ने गरेको बताउनुभयो । यस्तो अवस्थामा बालबालिकामा मनोपरामर्श आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रथम उपगभर्नर प्रभाकर पण्डितले शारीरिक स्वस्थ्य भएर मात्र मानिसको प्रगती नहुने भएकाले मानसिक स्वास्थ्य आवश्यक रहेको बताउनुभयो । मानसिक तनावलाई समाधान गरेर लैजाने व्यक्ति नै आफ्नो उद्देश्यमा पूरा हुने भएकाले मनोपरामर्श आवश्यक रहेको बताउनुभयो ।

लायन्स क्लब अफ भरतपुरका प्रथम उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष मजाकोटीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा गुरुकुल कलेजका प्राचार्य टीकाराम चापागाईले यस्तो कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिनुभयो । भरतपुर अस्पताल नर्सिङ कलेजका प्राध्यापक रमाकुमारी लामिछानेले मनोपरामर्श तथा सचेतना प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ भरतपुरका पूर्व अध्यक्ष अनुजराज पन्त, गुरुकुल कलेजका सहप्राचार्य जे एन लामिछाने, प्राध्यापक सिर्जन अविरल, प्रतिक ढकाल, हरिहर भुसाललगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजन सुशील रेग्मीले गर्नु भएको थियो ।



